Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शुक्रबार, ०४ वैशाख २०८३
विदेश

इजरायलको नयाँ मिसाइल हमला, माइन बिछ्याउने १६ इरानी जहाज नष्ट गरेको अमेरिकाको दाबी


logo

बुधबार, २७ फागुन २०८२

34 Shares

एजेन्सी । 
इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेको छ । अमेरिकाले बारुद बिछ्याउने १६ वटा इरानी जहाज नष्ट गरिएको जनाएको छ । इजरायलले इरान र लेबनानतर्फ थप मिसाइल आक्रमण गरेको हो । 

इजरायली सेनाका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा रहेको हिज्बुल्लाहको पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको हो । यता इरानले इजरायलविरुद्ध ठूलो संख्यामा आक्रमण गरेको तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा पनि प्रहार गरिएको जनाएको छ ।

यूएस सेन्ट्रल कमान्डले अमेरिकी सेनाले १६ वटा इरानी बारुद बिछ्याउने जहाज नष्ट गरेको दाबी गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा कुनै पनि बारुद नबिछ्याउन चेतावनी दिएका थिए । यसअघि इरानका प्रहरी प्रमुखले सरकारविरुद्ध प्रदर्शन गर्ने सोच बनाउने जोसुकैलाई शत्रुसँग जस्तै व्यवहार गर्ने भन्दै कडा कारबाही गरिने चेतावनी दिएका थिए । 

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत इरानका जनतालाई सम्बोधन गर्दै आयतोल्लाह शासन हटाएर आफ्नो स्वतन्त्रता प्राप्त गर्न आग्रह गरेका छन् । यता संयुक्त अरब इमिरेट्सले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले मिसाइल खतराको सामना गरिरहेको जनाएको छ।

प्रतिक्रिया