समाचार
इजरायल-इरान तनावबीच नेपालीलाई सतर्क रहन परराष्ट्र मन्त्रालयको आग्रह
शनिबार, १६ फागुन २०८२
22
Shares
काठमाडौं।
परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई घर भित्रै बस्न अपिल गरेको छ ।
शनिबार बिहार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न अनुरोध गरेको हो ।
मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा सतर्कता तथा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको हो।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अवीवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग तल उल्लिखित सम्पर्क विवरणमार्फत नियमित सम्पर्कमा रहन मन्त्रालयको आग्रह छ।
प्रतिक्रिया