समाचार
संयुक्त राष्ट्रसङ्घमा नेपालको कूटनीतिक सफलता
बुधबार, २७ फागुन २०८२
8
Shares
काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको प्रस्ताव पारित गरेको छ। प्रस्तावअनुसार विश्वभर हरेक वर्ष अप्रिल १५ मा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' मनाइने भएको छ।
लोकबहादुर थापा (संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि) का अनुसार उक्त प्रस्तावले स्वास्थ्यलाई केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय समग्र कल्याण को रूपमा परिभाषित गरेको छ।
यस प्रस्तावले विश्वभर रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। नेपालले अघि सारेको यो प्रस्ताव पारित हुनु देशका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ।
प्रतिक्रिया