Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
समाचार

इरानमा पक्राउ परेका नेपाली सकुशल


logo

शुक्रबार, २० चैत २०८२

0 Shares

काठमाडौं । 

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनमा झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन् ।

यसैबीच, इजरायल-अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

उडान प्रभावित भएकाले शव ल्याउन समस्या भएको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छन् । त्यस्तै, हालसम्म मध्यपूर्व क्षेत्रमा भएको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया