समाचार
पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, २५ चैत २०८२
4
Shares
काठमाडौं ।
पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो।
जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ।
जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि ठुलो रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। देउवा दम्पती हाल उपचारका लागि हङकङमा छन् ।
प्रतिक्रिया