समाचार
फेरि सुरु भयो ४ देशको पुनः श्रम स्वीकृति
बुधबार, ०२ वैशाख २०८३
1
Shares
काठमाडौं ।
वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा श्रम स्वीकृति फेरि दिन थालेको छ। विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो।
यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ।
प्रतिक्रिया