लोकतन्त्र दिवसका दिन नागरिकको उठिवास लगाउने काठमाडौंका सीडीओ को हुन् ?
शुक्रबार, ११ वैशाख २०८३
काठमाडौं । कुनै समय एमाले निकट युवा संघका नेताहरुले दिएको कमिसनले मोटाएका ईश्वरराज पौडेलले लोकतन्त्र दिवस कै दिन काठमाडौं खोला किनारका नागरिकको उठिबास लगाएका छन् । यहाँ प्रश्न, को सुकुमवासी वा को हुकुमवासीको होइन, नियतको हो । ‘आफ्नो अक्षमता लुकाउन यसरी नागरिकमाथि झम्टिनु पर्दैन । विधि र प्रक्रियाले गर्ने हो’ व्यवस्थापन भन्छन्, अधिकारकर्मीहरु । त्यतिधेरै बनेका आयोग र सरकारले दिएका सुझाव अध्ययनसम्म नगरी तथा विना कुनै निष्कर्ष गरिएको विस्थापनले राम्रो परिणाम नदिने उनीहरुको तर्क छ ।
कुनै समय काठमाडौं महानगर पालिकाको प्रमुख कार्यकारी अधिकृत हुँदा तिनै पौडेल हुन् जसले एमाले निकट युवा संघका नेताहरु नजिक रहेका कुन्दन सिंहसँग मिलेर महानगरबाट मोटो रकम लुटेका थिए । अहिले उनकै नेतृत्वका काठमाडौंका नदी किनारका बासिन्दा उठाउने काम भएको छ ।

पौडेल माओवादी निकट मानिने तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङ हटाएर एमालेकै स्वार्थमा ल्याइएका कार्यकारी प्रमुख थिए । २०७३ फागुन १८ गते काठमाडौं महानगरमा नियुक्ति लिएपछि उनले लुटको साम्राज्य चलाएका थिए ।
उनले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद रहेका चन्दन सिंहका भाई कुन्दन सिंहसँगको साँठगाँठमा गाँठ कमाएका थिए । स्टेशनरीमा १० रुपैयाँ पर्ने कलमलाई ३० रुपैयाँ मूल्य राख्नेदेखि सडकमा राखिएका ढलका मंगाल तथा म्यानहोलमा चरम अनियमितता गरेका थिए । स्टिमेटमा ८० किलो हुनुपर्ने भनिएकोमा कुन्दन सिंहले कम तौल (५५ किलो)का म्यानहोल फिट गर्न लगाएका थिए । त्यो पनि उनले कुनै कम्पनीबाट खरिद गरेका थिएन्, कवाडीकोबाट ल्याएर जडान गर्न लगाएका थिए ।
पछि यिनै ईश्वर राज सुन तस्करहरुसँग जोडिए । सर्पको खुट्टा सर्पले देख्छ भने झैं तस्करको जालो तस्करलाई नै थाहा हुन्छ । काठमाडौंको जमलमा रहेको ज्योति ग्रुपमा आवद्ध सुन तस्करसँग पौडेलको राम्रै उठबस थियो । जस कारण उनले सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका चुडामणि उप्रेती गोरेबारेको छानविनमा हात हालेका थिए । त्यसमा काविल काम गरेको भन्दै अघिल्ला गृहमन्त्री ओम प्रकाश अर्यालले गृहमन्त्रीस्तरीय निर्णय गराएर काठमाडौं प्रशासन ईश्वरको जिम्मा लगाएका हुन् । योजनाबद्ध रुपमा ल्याइएका काठमाडौं सीडीओले आफ्नो भूमिका निर्वाह गरेको र यसको सम्पूर्ण योजनाकार अरुनै रहेको बताइँदै छ ।
शक्तिकेन्द्रले एमाले निकटस्थहरुलाई नै प्रयोग गरेर आफ्नो मिसन अघि बढाइरहेको यस मामिलाका एक जानकारले बताए । यसमा देशी विदेशी दुबै थरी शक्तिले काम गरिरहेको बताइन्छ ।