Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ


logo

मङ्गलबार, २२ वैशाख २०८३

0 Shares

काठमाडौं । 

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको हो । 

जोशीले स्मार्ट सेल सञ्चालन गर्न २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए। त्यसअनुसार अनुमति पत्र लिएर नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतस् रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि त्यसको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जालको हक प्राधिकरणले नियन्त्रणमा लिएको थियो। तर उनले उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात कसुर गरेको आरोप छ।

प्रतिक्रिया