समाचार
सहकारी पीडितलाई फिर्ता दिने पैसाको स्रोतबारे सरकारसँग हर्क साम्पाङको प्रश्न
बुधबार, ०६ जेठ २०८३
2
Shares
काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत खोजेका छन्। संसद् बैठकमा उनले सरकारले अपारदर्शी ढंगले सहकारी पीडितको पैसा फिर्ता गर्न खोजेको भन्दै साम्पाङले बिरोध गरेका हुन् ।
‘सरकारले सहकारी पीडितलाई फिर्ता गर्न चाहेको पैसाको स्रोत केहोरु सुकुम्बासी समस्याको व्यवस्थापना कसरी गर्न चाहेको हो,’ उनले प्रश्न गरे, ‘मन्त्रीहरू संसद् बैठकमा आएनन्। यो संसद्प्रति सरकार जिम्मेवार हुँनै पर्छ। जनताको प्रश्न राख्ने सदन हो यो। सरकारका मान्छेहरूलाई प्रश्न सोध्न पाइयोस्।’
प्रतिक्रिया