Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको अध्यक्षमा बस्नेत निर्विरोध, व्यवसायीका समस्या समाधानमा जोड


logo

आइतबार, ३१ जेठ २०८३

8 Shares

काठमाडौं । 

नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनका सभापति केशर बुढाथोकीले रात्रीकालिन मनोरञ्जन क्षेत्रको प्रवर्द्धन, व्यवसायीहरूको एकताका विषयमा आफ्नो धारणा राख्दै व्यवसायीहरूले भोग्दै आएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए।

महाधिवेशनलाई सम्बोधन गर्दै बुढाथोकीले रात्रीकालिन मनोरञ्जन क्षेत्र पर्यटन, रोजगारी र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण व्यवसाय भए पनि यस क्षेत्रप्रति राज्यको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताए। उनले व्यवसायीहरूले विभिन्न खाले प्रशासनिक झन्झट, स्थानीय सरकारका नीतिगत असहजता तथा प्रहरी प्रशासनबाट हुने अनावश्यक दबाब र दुःख झेल्नुपरेको गुनासो गरे।

उनले व्यवसायीहरूको हकहित संरक्षणका लागि देशभर व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यवसायमैत्री वातावरणमा सञ्चालन गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए।

बुढाथोकीले रात्रीकालिन मनोरञ्जन व्यवसायलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई हजारौं युवालाई रोजगारी दिने र पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्योगका रूपमा राज्यले स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे। 

रात्रीकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन वडाध्यक्ष होडाको आग्रह

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका-७ का वडाध्यक्ष विमल कुमार होडाले रात्रीकालीन मनोरञ्जन व्यवसायीहरूले भोगिरहेका समस्या र चुनौतीबारे चर्चा गर्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए। उनले व्यवसायी र घरधनीबीच कानुनी सम्झौताको आधारमा भाडा तिर्नुपर्ने उल्लेख गर्दै जथाभावी भाडा नतिर्न आग्रह गरे।

होडाले स्थानीय सरकारलाई कर तिरेर व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई सुझाव दिँदै कानुनी दायराभित्र रहेर व्यवसाय अघि बढाउनुपर्नेमा जोड दिए। साथै, रात्रीकालीन व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

संघको अध्यक्षमा अर्जुन बस्नेत निर्विरोध निर्वाचित

नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा अर्जुन बस्नेत निर्विरोध निर्वाचित भएका छन्। संघको तेस्रो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खत्री, उपाध्यक्षमा देव कुमार कोईराला तथा महिला उपाध्यक्षमा विष्णुमाया लामा चयन भएका छन्। त्यसैगरी महासचिवमा करण सिंह ठगुन्ना, सचिवमा ज्वाला दोङ लामा र सहसचिवमा करण बोहोरा निर्वाचित भएका छन्।

संघको कोषाध्यक्षमा राज गुरुङ र सह-कोषाध्यक्षमा प्रतिविम्ब बस्नेत चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा गोविन्द, निमा लामा, इन्द्रमान दोङ र अनु तामाङ रहेका छन्।

नवनिर्वाचित अध्यक्ष बस्नेतले रात्रीकालिन मनोरञ्जन व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र व्यवसायमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले व्यवसायीहरूको हकहित संरक्षण, पेशागत चुनौतीहरूको समाधान तथा सम्बन्धित निकायसँग समन्वय गर्दै क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ कार्यसमितिले रात्रीकालिन मनोरञ्जन क्षेत्रको प्रवर्द्धन, व्यवसायीहरूको एकता तथा उद्योगको दिगो विकासका लागि सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

sukedhara

hoda

4

b

n (2)

 

aa

5

nepal

 

2

 

प्रतिक्रिया