समाचार
घरको पानीट्यांकीमा निसासिएर २ जनाको मृत्यु
बुधबार, ०६ साउन २०८३
0
Shares
रूपन्देही ।
दाङको तुलसीपुरमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका(६ रजौरामा यो घटना भएको हो ।
मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगे पनि अक्सिजन कम भएको स्थान भएकोले शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीयका अनुसार उनीहरूमध्ये एक ठेकेदार र एक श्रमिक हुन् ।
प्रतिक्रिया