Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

चिनियाँ नागरिकलाई ठगेको आरोपमा पूर्वएसएसपीसहित ३ जना पक्राउ


logo

बुधबार, ०६ साउन २०८३

2 Shares

काठमाडौं । 

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ९ लाख रूपैयाँ ठगेको प्रहरीले बताएको छ ।

ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने, उदयपुर कटारी नगरपालिका-८ सिरिसे घर भएका विक्रमबहादुर थापा, नवलपरासी पश्चिम, सुनौल नगरपालिका-७, तर्गौली घर भएका गोपालकुमार गुरूङ, काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने, सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका नारदप्रसाद खतिवडा पक्राउ परेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार