Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
प्रशासन

सर्वोच्चको झगडा


नागरिक हब नागरिक हब

मङ्गलबार, २९ वैशाख २०८३

27 Shares

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्ट बनेका वरिष्ठ न्यायाधीशहरू राजीनामा नदिने निष्कर्षमा पुगेका छन्।

न्यायिक वृत्तमा तरंग ल्याउने उक्त सिफारिसपछि सर्वोच्चका केही वरिष्ठ न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका थिए।

स्रोतका अनुसार छलफलमा कसैले पनि राजीनामा नगर्ने र उच्च मनोबलका साथ नियमित न्याय सम्पादनमा लाग्ने समझदारी बनेको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाललगायतका वरिष्ठ न्यायाधीशहरू राजीनामा दिने पक्षमा नरहेको बताइएको छ।

संवैधानिक परिषद्ले विगतको अभ्यास र परम्परा तोडेको अवस्थामा आफूहरूले राजीनामा दिए त्यस निर्णयलाई स्वीकार गरेजस्तो सन्देश जाने उनीहरूको बुझाइ छ।

स्रोतका अनुसार राजीनामा दिएर हटाउन खोज्ने पक्षलाई सहज बनाइदिन नहुने मनोविज्ञान पनि वरिष्ठ न्यायाधीशहरूमा देखिएको छ।

डा. शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भए करिब ६ वर्ष प्रधानन्यायाधीश हुनेछन्। त्यस अवस्थामा सपना प्रधान मल्ल र कुमार रेग्मी प्रधानन्यायाधीश बन्ने अवसरबाट वञ्चित हुनेछन्।

प्रतिक्रिया