प्रशासन
नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पक्राउ
बुधबार, १७ मंसिर २०८२
काठमाडौं ।
अख्तियारले नागरिक उड्ययन प्राधिकरणका पूर्वकर्मचारी मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ ।
भण्डारी प्राधिकरणका पूर्वनिर्देशक हुन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा उनीहरुले अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
बहालवाला महानिर्देशक प्रदीप अधिकारी र भण्डारी दुवैलाई बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया