Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

ग्यास अभावविरुद्ध स्ववियुको खबरदारी र्‍याली


logo

मङ्गलबार, ३० भदौ २०८३

1 Shares

काठमाडौं ।

बजारमा देखिएको ग्यास अभाव, कालोबजारी तथा कृत्रिम अभावको अन्त्य गरी आम नागरिकलाई सहज, नियमित र सुलभ रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले खबरदारी र्‍याली आयोजना गरेको छ।

48703

बानेश्वर बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली तिनकुनेसम्म पुगेको थियो। र्‍यालीमा सहभागी विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका थिए।

48708

कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु अध्यक्ष भुमिराज अधिकारीले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए। उनले ग्यास अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभाव तत्काल अन्त्य गर्न सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरे। अध्यक्ष अधिकारीले विद्यार्थीहरू शैक्षिक मुद्दामा मात्र सीमित नभई जनसरोकारका विषयमा समेत जिम्मेवार र सचेत आवाज उठाउँदै आएको बताए। 

48711

 

प्रतिक्रिया