रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुदै
आइतबार, १४ मंसिर २०८२
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिच आज एकीकरण हुँदैछ । उनीहरूबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार आज राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुँदैछ । १३ वर्षअघि सुशासनको अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबिच आज राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने भएको हो ।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । हाल विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् । रास्वपा सभापति रवि लामिछाने छन् । उनी सहकारी ठगी प्रकरणको अभियोगमा जेलमा रहेकाले हाल डीपी अर्यालले पार्टी कार्यवाहकको जिम्मेवारीमा छन् । पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले निःशर्त स्वीकार गरेको छ ।