Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
राजनीति

स्वतन्त्र उम्मेदवार बैंकिङ कसुरमा पक्राउ


logo

बिहिबार, २१ फागुन २०८२

3 Shares

रुपन्देही । 

रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका-७ महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर-६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोहीबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।यादव आँप चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया