Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
राजनीति

कुलमान नेतृत्वको पार्टीले अधिकारीलाई काठमाडौं-४ बाट उम्मेदवारी बनाउने सुनिश्चित


logo

बुधबार, ३० पुस २०८२


काठमाडौं । 

कुलमान नेतृत्वको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र बनाइरहेका बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट जेबी (दीपक) अधिकारीले उम्मेदवारी दिने सुनिश्चित भएको छ । 

उज्यालो नेपाल पार्टी कपनका एक नेताका अनुसार जेबी (दीपक) अधिकारी काठमाडौं-४ बाट निर्वाचन लड्ने र छिट्टै औपचारिक निर्णय सार्वजनिक हुने बताए । 

पार्टी नेताका अनुसार काठमाडौं-४ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिएको छ । 'यो क्षेत्र शिक्षित, सचेत र परिवर्तन चाहने मतदाताले भरिएको छ। त्यसैले यहाँ बलियो, विश्वसनीय र जनसमर्थन प्राप्त व्यक्तिलाई अघि सार्ने तयारी छ,' ती नेताले बताए। सोही आधारमा अधिकारी यस क्षेत्रबाट निर्वाचन लड्ने तयारी भएको जनाइएको छ।

अधिकारी लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध, सामाजिक अभियान, युवा सशक्तीकरण, र स्थानीय विकासका मुद्दामा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनी स्थानीय स्तरका विभिन्न सामाजिक कार्यक्रम र सामुदायिक अभियानमार्फत परिचित छन्। यस कारण पनि पार्टी नेतृत्वले उनलाई जित्ने उम्मेदवारका रूपमा मूल्यांकन गरिएको बताइन्छ।

पार्टी अध्यक्ष एवं पूर्व उर्जामन्त्री समेत रहेका कुलमानले औपचारिक रूपमा नाम घोषणा नगरे पनि काठमाडौं-४ बाट नयाँ, इमानदार, युवामैत्री, विकासमुखी र पारदर्शी छवि भएका उम्मेदवार अधिकारी नै भएको बुझिएको छ । 

यस बिषयमा जेबी (दीपक) अधिकारीसँग बुझ्दा काठमाडौं-४ बाट चुनाव लड्ने निश्चित भएको उनले बताए । उनले भने 'हिमाल, पहाड, तराई हुन्छ सबैको भलाई' भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने संकल्पसहित उज्यालो नेपाल पार्टीबाट काठमाडौं ४ मा निर्वाचन लड्ने तयारीमा छु ।' 

पुरानै राजनीतिक शैली बदल्ने र नयाँ सोच, नयाँ विचार, नयाँ एजेण्डासहित आगमि निर्वाचन लड्ने उनको भनाइ थियो । 

पार्टीको नारा ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ लाई आत्मसाथ गर्दै अधिकारीले सुशासन र सन्तुलित विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनले भौगोलिक विविधताले भरिएको नेपालमा सबै क्षेत्र र समुदायलाई समान अधिकार र अवसर सुनिश्चित गर्ने तथा विशेष गरी जेन-जीको माग पूरा गर्न संसद्मा सशक्त भूमिका खेल्न यो प्रतिनिधि सभाको निर्वाचन जित्नै पर्ने दवाद रहेको अधिकारीले बताए । 

सुशासनलाई विकासको आधार मानेका अधिकारीले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन र जवाफदेही नेतृत्वलाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाह सुधार गर्न कानुनी तथा नीतिगत सुधारका अजेण्डालाई काठमाडौं-४ का जनताका घर-आगनमा पुग्ने अधिकारी बताउँछन् ।  

काठमाडौं-४ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिन्छ। पुराना दलसँगै नयाँ राजनीतिक शक्तिहरू सक्रिय भएपछि चुनावी माहोल तातिँने निश्चित छ । कुलमान घिसिङ नेतृत्वको पार्टी उज्यालो नेपालले वैकल्पिक राजनीतिका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया