Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
खेल

एसिसी यु–१९ प्रिमियर कप: उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पधा


नागरिक हब नागरिक हब

सोमबार, १५ मंसिर २०८२


काठमाडौं  ।

१९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।

खेल आज बिहान यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ। नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। 

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ। तेस्रो स्थानका लागि आज मलेसिया र ओमान भिड्दैछन् ।

प्रतिक्रिया