कानमा टपसहित प्रधानमन्त्री बालेनको अफिसियल फोटो
बुधबार, १८ चैत २०८२
काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को चस्मा र कानमा टप लगाएको अफिसियल फोटो सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा कानमा टप र कालो चस्मासहित प्रधानमन्त्री बालेनको अफिसियल फोटो राखिएको छ ।
सार्वजनिक गरिएको उक्त तस्बिरमा प्रधानमन्त्री बालेनलाई औपचारिक पोशाकमा देखिए पनि कानमा टप लगाएको स्पष्ट देखिन्छ ।
प्रधानमन्त्री बालेनको कानमा टप र कालो चस्मा लगाएको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको चस्बिरले नेपाली राजनीतिक वृत्तमा असामान्य रूपमा हेरिएको छ।
फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । यस घटनाले राजनीतिक नेतृत्वको व्यक्तिगत अभिव्यक्ति र सार्वजनिक मर्यादाबीचको बहसलाई पुनः सतहमा ल्याउने देखिन्छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा १३ चैतमा बालेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।