संगीतकर्मीहरूको सम्मानसहित 'AMIN' राष्ट्रिय म्युजिक अवार्ड २०८२ सफलतापूर्वक सम्पन्न
आइतबार, २२ चैत २०८२
काठमाडौं ।
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “अथक शान्त साधक विश्वनाथ केडिया 'AMIN' अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२” सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा FNCCI पूर्व केन्द्रीय सदस्य, गोकुल मिल्कका सञ्चालक तथा "5th AMIN NATIONAL MUSIC AWARD 2026 " का टाइटल स्पोन्सर सुमित केडिया, नरेशलाल श्रेष्ठ, दिनेश डी.सी., विसु कुमार के.सी., भक्त हमाल, डा. सुबोध गुप्ता, हेमराज ढकाल, लिलेन्द्र प्रसाद प्रधान, पशुपति पाण्डे, कमला श्रेष्ठ, माधवराज खरेल, ज्योत्सना श्रेष्ठ, भरत आचार्य, रुपेशकुमार श्रेष्ठ, राज्यलक्ष्मी शाक्य, मिलन मोक्तान, बसन्त वित्यासी थापा, दुर्गा थापा, निर्णय श्रेष्ठ, रामकृष्ण श्रेष्ठ तथा गोपाल कार्कीलाई सम्मान गरिएको संघका महासचिव जित सागर रावतले जानकारी दिए।
त्यसैगरी समारोहमा गायक दीपक लिम्बु, विनोद ढकाल, राधाकृष्ण सापकोटा, रक्षाबहादुर रैका मगर, सुवास जंग थापा मगर, तुलसी गिरी ‘भावुक’, तुलसी बाँस्कोटा, सुमन पण्डित ‘वैरागी’, ललित बहादुर थापा मगर, जमान सिंह अस्लामी मगरलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक अमर तण्डुकारलाई “राष्ट्रिय दीर्घ साधना सम्मान”, वरिष्ठ कलाकार शिव श्रेष्ठलाई “राष्ट्रिय कलाकारिता सम्मान”, सागर ढकाल, राजेन्द्र संग्रौला र डा। सुबोध गुप्तालाई “राष्ट्रिय युवा व्यवसायी सम्मान”, मिलन भट्टराईलाई “राष्ट्रिय व्यवसायी सम्मान” तथा वीर सिंह घलेलाई “राष्ट्रिय समाजसेवी सम्मान” प्रदान गरिएको कार्यक्रम संयोजक जानकी थापा मगरले जानकारी दिइन्।
कार्यक्रमका सभापति एंव नेपाल संगीत उद्योग संघका अध्यक्ष डा. सूर्यबहादुर मगरले अवार्डको पाँचौं संस्करणसम्म आइपुग्दा सबैको साथ र सहयोग निरन्तर रहेकोमा धन्यवाद व्यक्त गर्दै विजेताहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।
अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो।
उत्कृष्ट अवार्ड पाउनेहरुको नामवली
सर्वोत्कृष्ट गायिका (नेवारी गीत) - “राजामती ह” (जयलक्ष्मी सिद्धि बज्राचार्य)
सर्वोत्कृष्ट गायक (नेवारी) - “ए जित” (सुजितमान शाक्य)
सर्वोत्कृष्ट मगर गीत - “लहेस माजुङ ले” (रमिला ज्ञाङमी)
सर्वोत्कृष्ट लिम्बु गीत - “पालाम आनिङवा” (साम्बो फोम्बो लिम्बुरनिरन्ता नेम्वाङ)
सर्वोत्कृष्ट छायाँकार – “सुङ्गुरको मासु” (सनम तामाङ)
सर्वोत्कृष्ट शब्द रचना (आधुनिक गीत) - “जे मन लाग्छ” (डी.आर. राई)
सर्वोत्कृष्ट नव गायिका - “हेल्लो हाई नमस्कार” (मेनुका राई तामाङ)
सर्वोत्कृष्ट मोडल (पुरुष) - “भुइँ सोरेर बिन्ती” (निनाम हाङ राई)
सर्वोत्कृष्ट पप गायिका -“काली गोरी जे भएनी” (पेमा शेर्पा राई)
सर्वोत्कृष्ट लोकदोहोरी गायिका -“खोली सलल” (देवी घर्ती)
सर्वोत्कृष्ट लोक-आधुनिक गीत - “त्यो बुट्टे झोली” (हसन राई)
सर्वोत्कृष्ट आधुनिक गीत (महिला)- “जिउने छु म” (प्रश्ना शाक्य)
सर्वोत्कृष्ट संगीतकार - “सेल्फी हानौँला” (शंकर थापा ‘स्माइल’)
जुरीतर्फ:
नेवारी गीत - “कार्ये कार्ये” (सुनिल चित्रकार)
संगीतकार - “प्रियतम” (निर्वाण केरुङ)
मोडल (पुरुष) - “हेल्लो हाई नमस्कार” (सोनाम तामाङ)
नव गायिका - “आँखैमा गाजलु” (सुध्दलक्ष्मी श्रेष्ठ)
शब्द रचना (आधुनिक) - “तिमी मेरो पारुहाङ” (चन्द्र जयपाल राई)
पब्लिक च्वाइस अवार्ड नारायण खतिवडाले “दुःख देखाएर के काम काट” बाट जित्न सफल भए। साथै अनिल तुलाधरले “ऐला ऐला” र निर्मल रञ्जितकारले सर्वोत्कृष्ट नेवारी संगीतकार तथा सर्वोत्कृष्ट नेवारी गीतको उपाधि हासिल गरे।
“अथक शान्त साधक विश्वनाथ केडिया 'AMIN' अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२” तस्बिरमा हेर्नुहोस् ।
_1775372162_69d207826463c.jpg)
_1775372162_69d20782645df.jpg)
_1775372162_69d20782645f6.jpg)
_1775372162_69d207826463c.jpg)