Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
समाचार

फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको गृहमन्त्री गुरुङको दाबी


logo

सोमबार, २३ चैत २०८२

2 Shares

काठमाडौं ।

पोखरा फेवाताल किनाराको जग्गा प्रकरणमा गृहमन्त्री सुदन गरुङ आफै ठगिएको दाबी गरेका छन् । जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाएर आफूलाई लिजमा दिएरको भन्दै गृहमन्त्री गुरुङ कानुन उपचारमा जाने भएका छन् । 

गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८ १० वर्ष अगाडि फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले लिजमा लिएका थिए । 'एड्भेन्चर स्पोर्ट्स नेपाल' को योजना अनुसार अघि बढाएका थियो । उक्त जग्गा फेवातालको ६५ मिटर मापढण्डभित्र परेको हो । 

जग्गा लिजमा लिने बेला जग्गा धनीहरुले मापढण्डभित्र नपर्ने भनी विश्वासमा लिएको गुरुङको दाबी छ । 'लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,' मन्त्री गुरुङले भने । 'हामीलाई झुक्याएर, ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ।'

 ुदेशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेको युवालाई ठगेको भन्दै ठगीविरुद्ध कडाभन्दा कडा कानुनी उपचारमा जाने तयारी रहेको बताए । 

प्रतिक्रिया