Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
समाचार

वैदेशिक रोजगार क्षेत्र सुधार गर्न श्रममन्त्रीलाई म्यानपावर व्यवसायीका सुझाव


logo

बुधबार, २५ चैत २०८२

0 Shares

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल कार्यदल गठन गर्ने निर्णय गरेको छ। 

श्रममन्त्री दिपककुमार साहले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले पेस गरेको ७ बुँदे सुझाव बुझेपछि यस्तो जानकारी दिएका हुन्।

संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा सुझाव बुझाएको हो। कार्यदलमा संघका तर्फबाट ४ जना सहभागी हुने छन्।

संघले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउन लागत निर्धारण, मागपत्र प्रमाणीकरण, श्रम सहचारी व्यवस्था, धरौटी ब्याजलगायत विषयमा सुधार आवश्यक रहेको जनाएको छ। साथै, कामदारबाट अत्यधिक शुल्क लिने प्रवृत्ति नियन्त्रण र नीतिगत सुधारपछि मात्र नयाँ निर्णय कार्यान्वयन गर्न माग गरिएको छ।

मन्त्री साहले यसअघि भएका निर्णयलाई प्रभावकारी रूपमा लागू गर्ने र तोकिएभन्दा बढी शुल्क लिनेको इजाजत खारेज गर्ने चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया