समाचार
बिहारको नयाँ मुख्यमन्त्री बने सम्राट चौधरी
बुधबार, ०२ वैशाख २०८३
0
Shares
काठमाडौं ।
भारतीय राज्य विहारको मुख्यमन्त्रीमा सम्राट चौधरीले सपथ लिएका छन् । चौधरी विहारमा भाजपाका पहिलो मुख्यमन्त्री हुन् ।
सन् २००० देखि अधिकांश समय विहारको नेतृत्व गरेका नितिश कुमार राज्य सभामा गएपछि एनडीए गठबन्धनको सहमति बमोजिम जनता दल युनाइडेटले भाजपालाई मुख्यमन्त्री सुम्पेको हो ।
उनीसँगै जेडियुका बिजय चौधरी र विजेन्द्र प्रसाद यादवले मन्त्री पदको सपथ लिएका छन् । सपथग्रहणपछि मुख्यमन्त्री चौधरीले नितिशकुमारले अघि सारेको नीति र उनकै बाटोमा अघि बढ्ने बताएका छन् ।
प्रतिक्रिया