Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

प्रधानन्यायाधीश नियुक्तिपछि सपना प्रधान मल्ल २० दिनको बिदामा


logo

बुधबार, ०६ जेठ २०८३

2 Shares

काठमाडौं । 

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्। आफूभन्दा जुनियर न्यायाधीश सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्लले असन्तुष्ट जनाएकी थिईन् । 

सर्वोच्चको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा नियुक्त भएपछि मल्ल लामो बिदामा बसेकी छन्। शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि उनी आफैँले कायममुकायम प्रधानन्यायाधीशको रूपमा २० दिन लामो बिदा स्वीकृत गरेकी हुन्। सर्वोच्चका न्यायाधीश बिदामा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि पेस हुने गर्छ। 

सर्वोचका अनुसार शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व नै मल्लले आफ्नो बिदा आफैँले स्वीकृत गरेकी हुन् । यसअघि मल्ल सर्वोच्चको न्यायाधीश वरीयतामा पहिलो रोलक्रममा थिइन्। मल्ल पछिको दोस्रो रोलक्रममा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुँयाल थिए। 

उनीहरू सबैलाई पन्छाएर प्रधानमन्त्री बालेन्द्र शाहको इन्ट्रेस्टमा चौथो नम्बरमा रहेका शर्मालाई  संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। शर्माले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्। शर्मालाई स्वागत गर्न पनि मल्ल हिजो सर्वोच्चमा उपस्थित भएकी थिइनन्। 

प्रतिक्रिया