Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

गोकर्णेश्वर–९ मा प्रहरी बिट स्थापना र पानी ट्यांकी निर्माणकार्य अघि बढाउन पहल


logo

बुधबार, ०३ असार २०८३

8 Shares

काठमाडौं । 

गोकर्णेश्वर नगरपालिका-९ का समसामयिक विषय तथा स्थानीय समस्याहरूमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन आयोजित बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा वडा क्षेत्रको सुरक्षा, खानेपानी तथा विकास निर्माणसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको स्थानीय अभियान्ता रोशन खड्काले जानकारी दिए । 

उनले समस्याको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए।

बैठकमा प्रहरी बिट स्थापना सम्बन्धी विषयमा छलफल गर्दै आरुबारी–रमेश विकल चोक नजिक रहेको भवनमा तत्काल प्रहरी बिट सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए। 

प्रहरी बिट स्थापनाका लागि आवश्यक अनुमति पत्र पहिले नै प्राप्त भइसके पनि विभिन्न कारणले कार्यान्वयन हुन नसकेको अवस्थामा अब उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ।

त्यसैगरी, मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आरुबारी क्षेत्रमा निर्माणाधीन अवस्थामा अलपत्र रहेको पानी ट्यांकी निर्माणको विषयमा पनि छलफल भएको थियो। स्थानीय सरकारले हालसम्म गरेका पहलहरूको समीक्षा गर्दै संघीय सचिवालयमार्फत सम्बन्धित निकायसँग समन्वय गरी पीआईडी ९एक्ष्म्० मा आवश्यक छलफल गरेर निर्माण कार्यलाई अगाडि बढाउने सहमति भएको छ।

अभियान्ता खड्काका अनुसार बैठकले संघीय संसद सचिवालयमार्फत पहल गरिएका विभिन्न विकास योजनाहरूलाई स्थानीय सरकारसँग समन्वय गरी आवश्यक अध्ययन, अनुगमन तथा छानबिनपछि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य गर्दै कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने निर्णयसमेत गरेको छ।

बैठकमा सहभागीहरूले विकास, सुशासन, सुरक्षा र जनहितका विषयमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड थियोे। 

समृद्ध वडा, सुरक्षित समाज र उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार, जनप्रतिनिधि तथा नागरिकबीचको सहकार्य अपरिहार्य रहेको स्थानीयले बताए। वडा र समुदायको समग्र विकासका लागि निरन्तर सहकार्य र सक्रिय सहभागिताको हुनेमा अभियान्ता खड्काको अपेक्षा रहेको छ ।

प्रतिक्रिया