उज्यालो नेपाल पार्टीमा दिपक अधिकारी उदाउँदो शक्ति हुन् : कुलमान घिसिङ
शुक्रबार, ०९ माघ २०८२
काठमाडौं ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पुर्व उर्जामन्त्री कुलमान घिसिङले कपन जेसीजका ऊर्जाशील युवा तथा प्रतिनिधि सभाका उम्मेदवार दीपक अधिकारीलाई पार्टीले महत्वपूर्ण शक्तिका रूपमा अगाडि ल्याएको बताए ।
उज्यालोका नायक घिसिङले युवा नेता अघिकारीको नेतृत्व क्षमतालाई विश्वास गरेर काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन जित्न शुभकामना समेत दिए ।
कपन जेसीजको १५औं पदस्थापना कार्यक्रममा बोल्दै कुलमानले भने, 'पक अधिकारी जस्ता कर्मशील, इमानदार र समाजसेवामा सक्रिय युवालाई अगाडि ल्याउनु पार्टीले गर्व गर्ने विषय हो। पार्टीले उहाँलाई शक्तिको रूपमा अगाडि बढाएको छ।'
युवाले समाजमा गरेको योगदान र नेतृत्व क्षमताका कारण पार्टी थप बलियो बन्ने विश्वास रहेको कुलमानको भनाई थियो ।
कुलमानका अनुसार उज्यालो पार्टीले नारा मात्र होइन, व्यवहारमै युवालाई अवसर दिने नीति लिएको छ। 'देश परिवर्तनको जिम्मेवारी युवाकै काँधमा छ। त्यसैले निर्णय तहमा युवाहरूको सहभागिता अनिवार्य छ,' उनले भने।
कपन जेसीजको १५औं पदस्थापना कार्यक्रममा बोल्दै काठमाडौं ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक अधिकारीले पार्टीले दिएको विश्वासलाई जनताको सेवामार्फत सावित गर्ने प्रतिबद्धता जनाए। उनले पारदर्शी, जवाफदेही र विकासमुखी राजनीतिका लागि आफू निरन्तर सक्रिय रहने बताए।
आफ्नो उम्मेदवारी क्षेत्रलाई समृद्ध बनाउने गुरु योजना बनाएका युवा नेता अधिकारी काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेर जेन-जीको मागलाई सम्बोधन गन संसदमा जोडदार पहल गर्ने जताए । उनी काठमाडौं-४ का बलियो उम्मेदवारी हुन् ।