निःशुल्क बिजुलीदेखि स्मार्ट सेवासम्म दिपक अधिकारीका चुनावी प्रतिवद्धता
आइतबार, १७ फागुन २०८२
काठमाडौं ।
कुलमान घिसिङ नेतृत्वको पार्टी उज्यालो नेपालबाट काठमाडौं-४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जे.बी. दिपक अधिकारीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
लेखकका रूपमा परिचित अधिकारीको ‘हिँडे पुगिन्छ’ पहिलो उपन्यास हो। सोही शीर्षकजस्तै नयाँ गन्तव्यको संकल्पसहित राजनीतिमा सक्रिय भएको उनले बताएका छन्।
विगत १५ वर्षदेखि राजनीतिमा र २० वर्षदेखि शिक्षाक्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै अधिकारीले सक्षम र जिम्मेवार नागरिक उत्पादनमा योगदान पुर्याएको दाबी गरे। मानवअधिकार, स्काउट, जेसीज, लायन्स क्लब लगायत संस्थामार्फत सामाजिक सेवामा संलग्न रहँदै आएका उनले २०१७ देखि ‘एक घर, एक बिरुवा’ अभियान सञ्चालन गरी वातावरण संरक्षणमा काम गर्दै आएको बताए।
देशको ऊर्जा क्षेत्र सुधारमा योगदान पुर्याएका कुलमान घिसिङसँग रही सुशासन र विकासका लागि अघि बढ्ने प्रतिबद्धता समेत जनाए।
उनले रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार, स्वच्छ खानेपानी, ढल तथा सडक व्यवस्थापन, हरियाली प्रवर्द्धन र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिने योजना सार्वजनिक गरे।
सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट, ५० युनिटसम्म निःशुल्क विद्युत्, निःशुल्क वाईफाई, स्मार्ट ट्राफिक र ऋऋत्ख् जडानजस्ता कार्यक्रम कार्यान्वयन गरिने उनले बताए।
पर्यटन, कृषि, उद्योग र जलस्रोतमार्फत आर्थिक समृद्धि हासिल गर्न सार्वजनिक–निजी साझेदारी मोडेलमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिकारीले आफ्नो उम्मेदवारी रहर नभई आवश्यकता भएको बताएका छन्।
जस्ताको तस्तै जेबि दिपक अधिकारीका चुनावी प्रतिवद्धता
तपाई विश्वास दिनुहोस् म उज्यालो भविष्य बनाइदिनेछु ।"
आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार !
म जे. बी. दिपक अधिकारी । मलाई धेरैले लेखकको रुपमा चिन्नु हुन्छ, हिँडे पुगिन्छ मेरो पहिलो उपन्यास हो । उपन्यासको शीर्षक भै एउटा नयाँ गन्तव्यमा पुग्ने संकल्प लिएर क्षेत्र नं. ४ काठमाडौं बाट उज्यालो नेपाल पार्टीबाट आफ्नो उम्मेद्वारी दर्ता गरेकोछु ।
विगत १५ वर्ष देखि राजनीतिमा छु, समाजशास्त्र र राजनीतिक शास्त्रको विद्यार्थी हुँ । जीवनको महत्वपूर्ण समय विगत २० वर्ष देखि शिक्षामा समर्पित भई देशको महत्वपूर्ण स्थानमा कुशल कार्य सम्हाल्न सक्ने देशको नागरिक तयार पार्न मेरो योगदान महत्वपूर्ण रहेकोछ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल स्काउट, खेलकुद, जेसीज, किवानिज, लायन्स क्लवमा रही सामाजिक कार्यमा निरन्तर लागि रहेकोछु । Global Warming समस्यालाई न्यूनीकरण गर्न नेपालमा 'एक घर, एक विरुवा को अभियान सन २०१७ देखि निरन्तर चलाईरहेकोछु ।
देशको बदलिदो परिस्थिति सँगै नयाँ युगको शुरुआतमा यो देशले १८ घण्टाको लोडसेडिङको अन्त्य गर्ने देशको प्रभावशाली व्यक्तित्व श्रद्धेय कुलमान घिसिङज्यू सँग रही अझ देशको समृद्धि, सुशासन र सामाजिक न्यायको लागि दैनिक १८ घण्टा खटेर देशको सेवा गर्न तयार भई उम्मेदवारी दर्ता गरेकोछु ।
शान्ति आयो, विकास आएन, किसानको उत्पादनको मूल्य छैन, सेवा लिन अझ लाईन वा सिफारिस चाहिन्छ, समस्या श्रोतको होइन प्रणालीको हो, समस्या बजेटको होइन, कार्यान्वनको हो । समस्या योजनाको होईन, जवाफ देहिताको हो । गुणस्तरीय रोजगारी चाहिएकोछ । नारा होइन, नतिजा चाहिएकोछ । खर्च होईन, दिगो प्रभाव चाहिएकोछ । राजनीतिक होइन, प्रभावशाली सेवा चाहिएकोछ । बजेटमा कागज बदलियो तर हाम्रो जीवन वदलिएन । डिग्री हातमा छ, तर काम छैन, देशको माया छ तर भविश्य छैन । हामी तीसौं वर्ष देखि राजनीतिक किचलोमा रह्यौं, आज समय परिवर्तन भएकोछ । प्रसिद्ध अर्थशास्त्री पिटर शिफले भन्नु हुन्छ, " अव पृथ्वीमा ठूलो आर्थिक संकट हुनेछ । डलरको स्थान सुनले लिनेछ ।" हामी तयारी छौं त ? त्यसैले यो देशको आर्थिक उन्नतिको लागि उज्यालो नेपाल पार्टी तयार छ । We make our country great and bright. विश्वको चर्चित हिमाल मध्ये १४ वटा हिमाल नेपालमा पर्छ, उक्त हिमालको विश्वमा Branding गरी पर्यटकलाई आकर्षित गरौं, विश्वभरि छरिएर बसेका नेपाली दाजुभाइलाई एक जनाले कम्तिमा ५ जना पर्यटक पठाउन आह्वान गरौं, धेरै ठाउँमा रहेका झरनाको खोजी गरौं । सुन खानी, तामा खानी, फलाम खानी, ढुङ्गा खानी खोज्न विज्ञ टिम तयार गर्न हामी लागौं । सगरमाथाबाट निस्केको पानी Purify गरी Middle East मा Supply गर्दा परनिर्भरताबाट आत्मानिर्भरता गराउँछ । त्यसैले हामी भनिरहेका छौं गफ होइन काम । त्यसैले, जल, जमिन र जडविटीवाट आर्थिक सम्वृद्धिको आधार तयार गरी PPP (Private Public Partnership) मा कार्य अगाडि बढाईनेछ ।
एक एक समस्या, एक एक समाधान । एक एक युवा, एक एक अवसर । क्षेत्र नं. ४ लाई सुन्दर, शान्त, रमणीय र पर्यटकीय शहर बनाउने सपना देखेकोछु । विश्वासको राजनीतिक गर्नेछु, जेन्जीको मुद्धा भ्रष्टाचारमा सुन्य सहनशीलता कायम गर्न कडा कदम चालिनेछ । सबैका लागि न्याय सुनिश्चित गरिनेछ । धुलो र हिलोको सहर होईन हरियाली शहर, हाम्रो रहर' स्थापित गराईनेछ । काठमाडौ क्षेत्र नं. ४ अन्तर्गत बग्ने खोलाको समस्या हाईड्रोलोजिकल ईन्जिनियरिङ मार्फत समस्या समाधान गरिनेछ । कौसी खेती, पकेट पार्क, धुलोमुक्त शहर निर्माण गरिनेछ । सामुदायिक पुस्तकालय, युवा उद्यमशीलता हाम्रो प्रार्थमिकता रहनेछ । स्मार्ट ट्राफिक र कोरिडोर व्यवस्थापन रहनेछ । मौलिक हक अधिकार शिक्षा, स्वास्थ्यमा डिजिटल प्रणाली लागू गरिनेछ र निःशुल्क बनाईनेछ । सार्वजनिक यातायातमा ६० वर्ष माथिका वृद्धलाई भाडामा निशुल्क बनाउन आर्थिक समृद्धिको आधार तयार गरिनेछ । विजुलीमा ५० युनिटसम्म निःशुल्क गर्न नेपालको पानी जनताको लगानीमा प्रोत्सासन गरिनेछ । डिजिटल रुपान्तरण र कनेक्टिभिटीको लागि मुख्य सार्वजनिक स्थलमा वाईफाई निःशुल्क गरिनेछ । सुरक्षित र स्मार्ट यातायातको लागि GPS Tracking System लागू गरिनेछ । साँस्कृतिक र सबै धर्म संस्कृतिको उच्च सम्मान गरिनेछ । राहत, करार, अनुदान कोटा, बालकक्षा सहजकर्ता र अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीहरुको हक अधिकारलाई प्राथमिकतामा राखिनेछ ।
अन्त्यमा, जीवन उपयोगी शिक्षा, गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, सीप मुलक शिक्षा, व्यवहारिक शिक्षा आजको आवश्यकतालाई प्राथमिकतामा राखि स्वदेशमै कृषि, पर्यटन, उद्योग संचालन गरी सीप अनुसारको काम देश भित्रै अवसर सृजना हाम्रो प्राथमिकता हो । पारदर्शी, जवाफदेही र जनमुखी भई भ्रष्टाचारमा सुन्य सहनशीलता कायम राख्न कडा कानून निर्माण गरी अघि बढिनेछ । त्यसैले मेरो उम्मेदवारी सार्थक होइन, आवश्यकता हो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का स्थानियहरूको सल्लाह बमोजिम गरिने थप कार्यहरू
खोला र डुबान समाधान
नारा: "खोलाको निकास, सुरक्षित हाम्रो आवास"
वैज्ञानिक ड्रेनेज, सेपरेट ढल
दल र फोहोर व्यवस्थापन नारा: "सफा ढल, स्वस्थ भोलि
- वैज्ञानिक ढल प्रणाली र फोहोर वर्गीकरण
हरियाली र वातावरण संरक्षण वारा: "हरियाली सहर, स्वस्थ
नागरिक" छत खेती, वृक्षारोपण, कर छुट
धुलोमुक्त र व्यवस्थित सडक नारा: "हिलो धुलो होइन, सभ्य बाटो" भत्किएका सडक समयमै मर्मत
स्वच्छ खानेपानी
नारा: "स्वास्थ्यको आधार, स्वच्छ पानी" मेलम्ची, सुन्दरीजल र स्थानीय स्रोतको उच्च प्रयोग
-
निःशुल्क गुणस्तरीय तथा स्मार्ट विद्यालय बारा: "शिक्षा सबैको अधिकार
- कक्षा १० सम्म पूर्ण निःशुल्क, स्मार्ट बोर्ड, कम्प्युटर शिक्षा
युवा सीप र स्टार्टअप
नारा: "युवाको सपना, देशको शक्ति" - तालिम, बीउ पूँजी, को वर्किङ स्पेस
रोजगारी र स्थानीय उत्पादन नारा: "स्थानीय काम, स्थानीय आम्दानी" घरेलु उद्योग, अर्गानिक मार्ट
स्वास्थ्य सेवा र बिमा
नारा: "स्वास्थ्यमा पहुँच, जीवनमा सम्मान" अनिवार्य स्वास्थ्य बिमा, गरिबलाई निःशुल्क सेवा
निःशुल्क बिजुली र ऊर्जा सुधार नारा: "बत्ती बलोस, बिल घटोस्" ५० युनिटसम्म विद्युत् निःशुल्क
पर्यटन र होमस्टे विकास नारा: "पर्यटनबाट रोजगारी"
-धार्मिक, आध्यात्मिक र इको-टुरिजम
सुशासन, सुरक्षा र पारदर्शिता नारा: "भ्रष्टाचारलाई छैन ठाउँ"
- CCTV सुरक्षा, जनतासँग प्रत्यक्ष संवाद
मत दिई जिताउनु हुँदा नेपालको संविधान २०७२ मा आवश्यकता अनुसार धारा र उपधारा थप्ने, घटाउने र परिमार्जन गरी जनता केन्द्रीत बनाउन उल्लेखनिय भूमिका खेल्नेछु ।