गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति सर्वसम्मत
बुधबार, ३० पुस २०८२
काठमाडौं ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन्।
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनबाट सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । महिलाको तफबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सह-महामन्त्रीमा चयन भएका छन् ।
त्यसै, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।
छोटकरीमा