विश्व बैंकबाट ऋण लिनेबारे संसद्मा उठ्यो प्रश्न
सोमबार, २३ चैत २०८२
काठमाडौं ।
सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिनेबारे संसद्मा प्रश्न उठेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिनेबारे गरेको निर्णयप्रति प्रश्न उठाएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा सरकारले एसियाली विकास बैंकबाट लिन लागेको ऋणबारे उनले प्रश्न गरेकी हुन् ।
'मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसंग छ,’ उनले सोधिन्, ‘कुन संसदिय समिति, कुन नीतिगत बहस, र कुन आवश्यकता प्रथामिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिईयो ? हाम्रो संसद अझै शिशु अवस्थामा छस् संसदीय समिति, उपसमितिहरु बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नभएको कुरा स्पष्ट छ ।’