एनसेल ग्राहकलाई हिमालयन जाभा कफीमा छुटैछुट
शुक्रबार, ०४ वैशाख २०८३
काठमाडौं ।
एनसेल ग्राहकहरुले हिमालयन जाभा कफिसपमा छुट पाउने भएका छन् । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष ०८३ देखि सुरु भएको विशेष अफरमा एनसेलका ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका हुन् ।
यो साझेदारीले ग्राहकको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउने बताइएको छ । ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, तेस्रो कप कफी खरिदमा ३० प्रतिशत छुट हुनेछ । त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यस बाहेक ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय सबै एनसेल प्रयोगकर्तालाई हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट हुने बताइएको छ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरबारे थाहा पाउन सक्नेछन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुने बताइएको छ ।