समाचार
पूर्वडीआईजी अर्जुन चन्दको निधन
बुधबार, १७ असार २०८३
2
Shares
काठमाडौं ।
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।
घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए । उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया