Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
राजनीति

सुशासन र विकासको एजेन्डासहित काठमाडौं-४ बाट प्रतिनिधि सभाको उम्मेदवार दिने तयारीमा दिपक अधिकारी


नागरिक हब नागरिक हब

शुक्रबार, ११ पुस २०८२

2 Shares

काठमाडौं। 'हिमाल, पहाड, तराई हुन्छ सबैको भलाई' भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने संकल्पसहित उज्यालो नेपाल पार्टीबाट दिपक अधिकारी काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिने तयारीमा छन्। 

पार्टीको नारा 'सुशासन, समृद्धि र सामाजिक न्याय'लाई आत्मासाथ गर्दै सुशासन र सन्तुलित विकासलाई आफ्नो मूल एजेन्डा बनाएका अधिकारीले भौगोलिक विविधताले भरिएको नेपालमा सबै क्षेत्र र समुदायको समान अधिकार र अवसर सुनिश्चित गर्न, विशेष जेनजीको माग पुरा गर्न संसद्मा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

अधिकारीले वर्तमान राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको बताए। 'राजनीति सत्ता र स्वार्थका लागि होइन, जनताको जीवन सहज बनाउने माध्यम हुनुपर्छ,' उनले भने, 'उज्यालो नेपालले हिमाल, पहाड र तराईलाई एकआपसमा जोडेर साझा समृद्धिको बाटो खोल्ने लक्ष्य लिएको छ।' 

सुशासनलाई विकासको आधार मानेका अधिकारीले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन र जवाफदेही नेतृत्वलाई पहिलो प्राथमिकतामा राखेका छन्। सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, अनावश्यक प्रक्रिया र पहुँचका आधारमा हुने विभेद अन्त्य गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ। 

विकासका सवालमा काठमाडौं-४ का जनताको आवश्यकता अनुसार योजना निर्माण गर्नुपर्ने अधिकारीको जोड छ । हिमाली क्षेत्रमा पूर्वाधारसँगै पर्यटन, जलस्रोत र जडीबुटीको वैज्ञानिक उपयोग, पहाडी क्षेत्रमा कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा तराई क्षेत्रमा औद्योगिकीकरण, सिचाइ र रोजगारी सिर्जनामा जोड दिने उनको योजना छ। 

सामाजिक न्याय र समावेशीतालाई मूल एजेन्डा रहेको अधिकारीले बताए । महिला, युवा, दलित, आदिवासी जनजाति र पछाडि पारिएका समुदायको सशक्तीकरण बिना समृद्ध नेपाल निर्माण सम्भव छैन। त्यसका लागि शिक्षा, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धनमा राज्यको लगानी बढाउनु पर्ने उनले स्पष्ट पारे ।

युवालाई देशमै अवसर दिन सके विदेश पलायन रोकिने उनको विश्वास छ। यिुवाहरुलाई स्वदेशमै रोजगारी दिने गुरु योजना रहेको अधिकारी बताउँछन् । 

'हिमाल, पहाड, तराई हुन्छ सबैको भलाई' भन्ने नारासहित दिपक अधिकारीको उम्मेदवारीले वैकल्पिक र नीतिगत राजनीतिप्रति आशा जगाएको एक सहभागीले बताए । सुशासन र सन्तुलित विकासलाई व्यवहारमा उतार्ने दाबीका साथ अधिकारी चुनावी प्रतिस्पर्धाको मौदानमा उत्रँदैछन्।

प्रतिक्रिया