राजनीति
‘बुलेट’बाट आएको माओवादी जस्तै ‘ब्यालेट’बाट आएको रास्वपालाई स्वागत : विश्वप्रकाश
शुक्रबार, २२ फागुन २०८२
23
Shares
काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको निर्वाचनबाट जनताले गरेको फैसला आफूहरूलाई स्वीकार्य हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई जनताले स्वागत गरेको बताएका हुन् ।
उनले लेखेका छन, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन,’ चर्को आशा अर्को निराशामा बदलिनुहुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’
प्रतिक्रिया