Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
राजनीति

प्रधानमन्त्री बन्दै आज बालेन शाह


logo

शुक्रबार, १३ चैत २०८२

4 Shares

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइत पारेर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् । 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहबीच राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। 

शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ । 

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। 

स्वतन्त्र छविका कारण चर्चामा रहेका शाह हालै सम्पन्न निर्वाचनबाट उल्लेखनीय जनमतसहित निर्वाचित भएका थिए। भ्रष्टाचार नियन्त्रण, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै उनले चुनावी अभियान सञ्चालन गरेका थिए।

प्रतिक्रिया